चरो – प्रवीण पौडेल

के चराको पनि भाग्य हुन्छ?

मैले हाल्ने चारो

सिकारी ले हान्ने गोली

अनि अबोध बच्चा को हातमा त्यस्को घाँटी

के त्यस्को भाग्यमा लेखिएको हुन्छ?

मेरै अगाडि आएर बसेको चरो

त्यो त्यहाँ बस्नु उस्को भाग्य

मैले त्यस्लाई त्यहाँ देख्नु मेरो भाग्य

कि जोडिएको हुन्छ,

त्यस्को र मेरो भाग्य?

Leave a comment

Create a website or blog at WordPress.com

Up ↑